एजेन्सी– २००५ मा रिलिज भएको अभिषेक बच्चनको फिल्म ‘दस’ को गीत ‘दस बाहाने’ को रिक्रियट गरेर ‘दस बाहाने २.०’ बनाइएको छ। तत्कालिन यो फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न नसके पनि यसको गीतले भने निकै चर्चा पाएको थियो।
विशाल–शेखरको यो सुपरहिट गीत बाघी ३ को निर्माताले रिक्रियट गरेर टाइगर श्राफ र श्रद्धा कपुको फ्यान्सबिच लिएर आएका छन्। यो गीतमा टाइगर र श्रद्धाको केमेस्ट्री देख्न पाइनेछ। यो गीतको सुटिङ हेलिकप्टरमा र हिमपात भएको ठाउँमा गरिएको छ।
निर्देशक अहमद खानको फिल्म ‘बाघी ३’ ६ मार्चमा रिलिज हुँदैछ।
https://youtu.be/vjOKuvBjkS8