एजेन्सी– बलिउडका चर्चित जोडी अर्जुन कपूर र मलाइका अरोरा विभिन्न कार्यक्रममासँगै सहभागि हुने गरेका छन्। कार्यक्रममा सहभागी भएकाे बेला लिइएकाे उनीहरूकाे तस्वीर र भिडियोहरु पनि त्यतिकै भाइरल छन्।
दर्शकले पनि मन पराएको यो जोडीको विवाहलाई लिएर सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा भइरहेको छ। भारतीय सञ्चारमाध्यमले पनि उनीहरुको विवाहको बिषयलाई लिएर थुप्रै समाचारहरु लेखिरहेका छन्। एक सञ्चार माध्यमको अनुसार मलाइका अर्जुनसँग विवाह गर्न तयार छिन्।
तर अर्जुनले भने अझै तयार नभएको बताउँदै आएका छन्। अर्जनुले अहिले नै विवाह गर्ने बेला नभएको बताएका छन्। केही समय अगाडि एक अन्तर्वार्तामा अर्जुनले विवाहको लागि परिवारको कुनै पनि दबाब नभएको र आफूलाई विवाह गर्ने इच्छा लागेपछि विवाह गर्ने उल्लेख गरेका थिए।