एजेन्सी– विश्वमा अरबाैं मानिस छन्। फरक फरक मानिसमा पफरक फरक खालकाे बानि हुन्छ। सायद यस्तै बानीले पनि मानिसहरू एक अर्काेभन्दा भिन्न लाग्छन्। भिन्न खालकाे बानी काेहीमा सानै देखि हुन्छ भने काेहीमा पछि बसेकाे हुन्छ। बानी राम्राे नराम्राे त्याे फरक कुरा हाे। फेरी त्यस्ता बानी कसैकाे छुड्छन भने कसैकाे छुड्नैनन्।
यहाँ चर्चा गर्याैं बलिउड अभिनेता तथा अभिनेत्रीहरू जसमा अनाैठा खालकाे बानि छ। बलिउडका बादशाह शाहरूख खानकाे चुराेट पिउने बानी छ। यतिमात्र हैन उनकाे अर्काे पनि अनाैठाे बानी छ उनी जुत्ता खोल्न अल्छी गर्छन्। कतियप ठाँउ जुत्ता खाेलेरै जानुपर्छ भनिन्छ त्यस्ताे ठाउँमा जान पनि शाहरूख जुत्ता उतार्ने जाँगर देखाउँदैनन्।
सुपरहिट फिल्महरू दिएर सबैकाे मन जितेका अर्का स्टार आमिर खानकाे पनि अचम्मकाे बानी छ। उनी नुहाउन भने साह्रै अल्छी गर्छन्। आमिरले श्रीमति किरण रावकाे जबरजस्तीपछि मात्र नुहाउन जाँगर देखाउने गरेकाे बताइन्छ। अभिनेता सैफ आली खानकाे बाथरुममा पुस्तकालय र टेलिफोन रहेकाे बताइन्छ। सैफ बाथरूममा लामाे समय बिताउँछन्।
अभिनेत्री करिना कपूर नङ टोकिरहन्छिन्। ट्वाइलेट भन्ने बितिकै हामी सबैले फाेहाेर ठाउँ भनेर बुझ्छाै। सुन्दा अनाैठाे लाग्छ हाेला तर बलिउड अभिनेता जितेन्द्र ट्वाइलेटमा पनि मेवा खान्छन्। ट्वाइलेट बसेपछि मेवा खान बन पराउने उनी ट्वाइलेटमा मेवा लिएर जान्छन्।
भनिन्छ अभिनेत्री सुष्मिता बाथरुममा भन्दा खुला स्थानमा नुहाउन रूचाउाछिन्। त्यसकारण उनकाे घरको छतमा बाथ टप रहेकाे बताइन्छ। त्यस्तै अमिताभ बच्चनकाे दुबै हातमा घडी लगाउने बानी छ। उनकाे दुबै हातमा अहिले पनि घडी देख्न सकिन्छ।