एजेन्सी– संसारभरिका मानिसहरुलाई नबोलिकननै हँसाउँने मिस्टर बिन अर्थात् अभिनेता निगेल डिक्सन चीनको वुहानमा फसेका छन्। कोरोना भाइरस फैलिएको वुहानबाट उनी खुसी तथा सुरक्षित रहेको उनले बताएका छन्।
उनले त्यहाँ मिनी सिरिज पनि शुरु गरेका छन्। मिस्टर विनले अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमलाई ब्रिटेन नफर्किने बताएका छन्।
ब्रिटेन फर्किदा कोरोना भाइरस फैलिन सक्ने भन्दै उनले हालसालै ब्रिटेन नफर्किने बताएका हुन्। चीनियाँ अधिकारीहरुले रिहायशी परिसर बन्द गरेका पछि उनी चीनमै रहनु परेको छ।
डब्ल्युएचओको टीम महामारी रोक्न सहयोगका लागि चीन गइसकेको छ। संसारका लागि नै खतरा बनेको कोरोना भाइरसको नाम कोभिड १९ नामाकरण गरिएको छ।
डब्ल्युएचओले मंगलवार चीन पुगेर कोरोनाको नाम कोभिड १९ राखेको हो। कोरोना भाइरस ३१ डिसेम्बर सन् २०१९ मा चीनमा फेला परेको थियो। कोभिडमा कोबाट कोरोना, भीबाट भाइरस ,र डि बाट डिसजि, अर्थात् फैलिने वाला रोग नामाकरण भएको हो।
चीनले कोरोनाका संक्रमण फैलिने डरले वुहानमा प्रवेश गर्न र निस्किन प्रतिबन्ध लगाएको छ।