काठमाडौं – पपगायक अनिल सिंहले फागुन २ अर्थात् प्रेम दिवसको अवसर विशेष प्रस्तुति दिने भएका छन्। उनले राजधानीको दरबारमार्गस्थित लिक्यूइड लाउञ्ज एण्ड बारमा आफ्नो प्रस्तुति दिने र आफ्नै ब्याण्डका संगीतकर्मीहरुका साथमा आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्ने भएका छन्।
‘भ्यालेन्टाइन्स स्पेशल : फिचरिङ अनिल सिंह’ भनिएको यो इभेन्टका लागि अनिल सिंहले तयारी गरिरहेका छन्। यही शुक्रबार राति ८ बजेपछि गायक सिंहको प्रस्तुति प्रारम्भ रहनेछ।
आयोजकका अनुसार कार्यक्रममा गायक सिंहले एक दर्जनभन्दा बढि लोकप्रिय गीतहरु प्रस्तुत गर्ने भएका छन्। यस कार्यक्रममा गायिका सोना अमात्यले अनिल सिंहलाई गायनमा साथ दिने भएकी छिन्।
लिक्यूइड ब्याण्डमा सोमिक मोक्तान (लिड गिटारिष्ट), पंकज झा (बास गिटारिष्ट), नील घतानी (किबोर्डिष्ट), किरण गौतम (ड्रमर) तथा प्रविण सिंह ठकुरी (प्याडिस्ट) रहनेछन्।