एजेन्सी– अफगान विशेष सुरक्षा बलको एक टोलीले अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा जारी राखेको एक कारबाहीका क्रममा १८ व्यक्तिलाई मुक्त भएका छन्।
तालिबानी लडाकू समूह लुकेर बसेका एक स्थानलक्षित सो कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जा गरेका १८ व्यक्तिलाई मुक्त गरिएको नायब गभर्नर कुदरतुल्लाह सफीले बताएका छन्।
स्थानीय समयाअनुसार सोमबार बिहान २ बजेबाट उक्त सुरक्षा कारबाही सुरु भएको सफीले बताएका छन्। यस कारबाहीको विषय तालिबानी लडाकू समूहले कुनै पनि टिप्पणी गरेका छैनन्।