एजेन्सी– आयुष्मान खुराना बलिउडका फरक स्टारका रुपमा परिचित छन्। सामान्य कथामा बनेका उनका फिल्महरु बलिउडमा धेरै रुचाइएको पाइन्छ। सन् २०१८ मा शुरु भएको आयुष्मानको सफलताको कहानी अहिले झन् बढिरहेको छ।
वर्ष २०१८ मा ‘बधाई हो’ जस्ता उत्कृष्ट फिल्म दिए पछि आयुष्मानले दर्शकहरूको मन राम्रैसँग जितेको छन्। आयुष्मान हरेक पटक फरक प्रकारको चलचित्र लिएर आउने गरेका छन्। त्यसमध्यकोे एक हो आउँदै गरेको फिल्म ‘शुभ मंंगल ज्यादा सावधान’ पनि।
फिल्म ‘शुभ मंंगल ज्यादा सावधान’ को ट्रेलर आएपछि दर्शकहरुको उत्साह बढेको छ। ट्रेलरमा समलिंगी पुरुषको प्रेमलाई देखाइएको छ। दुई पुरुषबिचको प्रेमलाई परिवारले कसरी लिन्छ? साथीहरुले त्यसलाई कुन रुपमा हेर्छन्? भन्ने कुरालाई चलचित्रको विषयबस्तु बनाइएको छ। चलचित्रको ट्रेलरमा दुई पुरुषबिचको प्रेम परिवारमा स्विकार्य नभएको देखाइएको छ।
ट्रेलरको एक दृष्यमा आयुष्मानलाई समलिंगी पुरुषको भूमिकामा देखिएका गुजराज रावले चुम्बन गरेको देखाइएको छ।
‘शुभ मंंगल ज्यादा सावधान’ ट्रेलरमा देखिएको आयुष्मान र जीतुको चुम्बन सिनको अहिले निकै चर्चा भइरहेको छ।
तर के तपाईंलाई थाहा छ, आयुष्मानले केटोलाई किस यो पहिलो पटक भने होइन। मुम्बई मिररको समाचारका अनुसार जब एमटिभीको रियालिटी शो ‘रोडीज’मा आयुष्मानले एक साथीलाई किस गरेका थिए।
आयुष्मानले फिल्मको बारेमा कुरा गर्दै भने, ‘मलाई विश्वास छ कि केटाले केटालाई माया गर्न सक्छ र केटीले केटीलाई माया गर्न सक्छ। केटा वा केटीसँग माया बस्नुले फरक पर्दैन किनकी प्रेम प्रेम नै हो र यसलाई यस्तै रुपमा हेर्नुपर्छ।’
फिल्म ‘शुभ मंंगल ज्यादा सावधान’ हितेश कैवल्यले निर्देशन गरेका हुन्। फिल्ममा जीतेन्द्र कुमार र आयुष्मान खुरानासँगै गजराज राव, मानवी गागरू, पखुडी अवस्थी र नीना गुप्ताको अभिनय रहेको छ। यो फिल्म २१ फेब्रुअरीमा प्रदर्शन हुनेछ।