एजेन्सी– बलिउड अभिनेता सलमान खान आफ्नो खराब प्रस्तुतिकरणका कारण बेलाबेलामा आलोचित हुने गरेका छन्।
मंगलबार उनी फिल्म ‘राधे’ को सुटिङका लागि गोवा पुगेका थिए। जहाँ उनलाई हेर्नका लागि सयौं प्रशंसक एयरपोर्टमा आएका थिए। सार्वजनिक भिडिओमा यतिबेला उनका एक प्रशंसकले जब मोबाइलबाट उनीसँग सेल्फी लिने कोसिस गरे तब उनि रिसाएर आफ्नाे प्रशंसकको हातबाट मोबाइल नै खाेसिदिए।
यसरी सलमान सार्वजनिक रुपमा रिसाएको पहिलो घटना भने होइन। यसअघि पनि उनले थुप्रै पटक प्रशंसकमाथि रिस पोख्दै कतिको फोन खोसेका छन् भने कतिको फोन फ्याँकिदिएका पनि छन्। सलमानले ती व्यक्तिको फोन खोसेपछि उनको पछिपछि दौडिरहेका उनलाई सुरक्षाकर्मीले पनि धकेलेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
उनले बेलाबेलामा देखाउने यस्तो हर्कतको चर्को आलोचना हुने गरेको छ। सलमानले यसरी मोबाइल खोसेको सो भिडिओ कहिलेको र कुन स्थानको हो भन्ने बारेमा केही सार्वजनिक भएको छैन।
utm_source=ig_embed&utm_campaign=embed_video_watch_again