काठमाडौं – भूवन केसीले निर्माण गर्न लागेको चलिचित्र ‘एन्टी हिरो’ मा अनमोल केसीले जसिता गुरूङसँग जोडी बाँध्ने पक्का भएको छ। बुधबार अभिनेता भुवन केसीले जसितालाई अनुबन्धन गरेसँगै यी दुईको जोडी सिनेमामा देखिने पक्का भएको हो।
एक्सन, लभस्टोरी जनरामस बन्ने सिनेमालाई नयाँ निर्देशकले निर्देशन गर्नेछन्। जसिता र अनमोलसँगै सिनेमामा भुवनको पनि मुख्य भूमिका रहनेछ। वैशाख १ गतेबाट सिनेमा फ्लोर जाने बताइएको छ।
त्यसअघि अनमोलले झरना थापाले निर्देशनमा ‘ए मेरो हजुर–४’ को सुटिङ गर्नेछन्। यो सिनेमाको छायाँङ्कन फागुन १३ देखि सुरु हुँदैछ। यसभन्दा अगाडि सुपरहिट चलचित्र दिईसकेका अनमोल अहिले सबैका रोजाईँका नायक हुन्।