काठमाडौं– नायिका अन्जली अधिकारी अहिलेकी लोकदोहोरी की नम्बर १ नायिका हुन्। उनी लोकदोहोरी मात्र नभएर अन्य गीतको भिडियोमा सर्वाधिक रुचाईएकी छिन्। पछिल्लो समय अझैं उनको चलचित्रका गीतमा झनै माग हुन थालेको छ। उनै नायिका अन्जली अधिकारीको नृत्य रहेको ‘लर्के जोबन’ गीत अहिले बजारमा चर्चाको शिखरमा छ।
अन्जलीसँग नब नायक शंकर कडेललाई पनि दर्शकले अत्याधिक रुचाएका छन्। हेर्दा नेपाली हिरोभन्दा उनी कमी छैनन्। अहिलेकी सर्वाधिक लोकप्रिय नायिकासँग उनलाई दर्शकहरुले देख्दा सधैं दोहोरिने अनुहारभन्दा फरक पाएको कारण उनी धेरैको नजरमा पर्न सफल भएका छन्। ज्ञानेन्द्र शाहीको शब्द संगीतमा रहेको गीत आफैमा राम्रो छ, थेगो असाध्यै क्याची छ, आशिष अविरलको संगीत संयोजन र शिव विकको निर्देशनले गीतलाई अझ उचाईमा लिने काम गरेको छ।
सुमधुर स्वरकी धनी सदाबहार लोकप्रिय गायिका बिमाकुमारी दुराको आवाजले गीतलाई झन सुनमा सुगन्ध बनाएकै हो। शंकर र बिमाको आवाजमा रहेको गीत कोरस आवाजमा ज्ञानेन्द्र शाही,आकाश गौतम, धना परियार र पूजा क्षेत्रीले साथ दिएका छन्। सधैं समाजिक यथार्थपरक र जनचेतना मूलक गीतकी गायिका बिमाले अलिकति रोमान्टिक गीतमा भिडियोमा देखिएको कारण गीतले सबैको ध्यान खिच्न सफल भएको छ। शंकर कडेलको बिल्कुलै नयाँ च्यानलबाट सार्वजानिक भएको गीतले १ हप्तामा १ लाख २ हजार भन्दा बढी दर्शकको माया पाउँन सफल भएको छ।
खोजी हालौं लगन र जन्ती, शुरु भयो बैंसको दिन गन्ती महिला आवाज र हिंडछेउ तिमी मस्किँदै मसक्क, भित्री मन भईदिन्छ चसक्क पुरुष आवाजमा धेरै टिकटक बनिरहेका छन्। सामाजिक सञ्जालमा छोटो समयमा टिकटका अत्याधिक रुचाईएको गीतको भिडियो छायाँङ्कनको दृश्यमा कैद गरिएका काठमाडौं उपत्यका वरिपरीका सेता हिमालहरु ले गर्दा लोकदोहोरी गीतको भिडियोलाई अलि पृथक स्वाद दिन सफल भएको छ।
https://www.youtube.com/watch?v=9_9pvPOioc4