एजेन्सी– बलिउडमा कुनै नयाँ अनुहारले डेब्यू गरेको कुराले पनि निकै चर्चा पाउने गर्दछ। बलिउडमा आफ्नो भविष्य बनाउने योजनाले सयौं यूवायूवती हरेक बर्ष प्रवेश गर्छन्। तर, सबैको भविष्य भने चम्किएको छैन। केही कलाकारले मात्र भविष्य सुरक्षित गर्न सकेका छन्। सन् २०२० मा पनि बलिउडमा केही नयाँ अनुहार प्रवेश गर्दैछन्।
उनीहरुबाट बलिउडले ठूलै आशा गर्न सक्छ। सन् २०१७ मा विश्व सुन्दरीको ताज जितेकी मानुषी छिल्लर यो बर्ष नायक अक्षय कुमारसँग चलचित्र ‘पृथ्वीराज चौहान’ मा काम गर्दै्छिन्। यो चलचित्र यो बर्षको तिहारमा रिलिज हुँदैछ। मानुषी यो चलचित्रमा संयोगीताको भूमिकामा देखिदैछिन्। यस्तै, तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’ मा काम गरेपछि चर्चामा रहेकी नायिका शालिनी पाण्डे यो बर्ष बलिउडमा प्रवेश गर्दैछिन्।
उनी, नायक रणवीर सिंहसँग चलचित्र ‘जोयस भाई जोरदार’ मा काम गर्दैछिन्। यो चलचित्र पनि यसै बर्ष रिलिज हुनेछ। केही सिरियलमा काम गरिसकेकी क्रिस्टल डिसुजा यो बर्ष चलचित्र ‘चेहेरे’ बाट बलिउडमा प्रवेश गर्दैछिन्। यो चलचित्रमा अमिताभ बच्चन, इमरान हाश्मी लगायतको मुख्य भूमिका छ। क्रिस्टलको इन्स्टाग्राममा ५७ लाख भन्दा बढी फलोअर्स छन्। पूजा बेदीकी छोरी आलिया फर्निचरवाला यो बर्ष नायक सैफअली खानको ‘जवानी जानेमन’बाट डेब्यू गर्दैछिन्। उनी, सैफकी छोरीको भूमिकामा देखिदैछिन्।
नितिन कक्कडको निर्देशनमा बनेको यो चलचित्रमा तब्बुले पनि काम गरेकी छिन्। यो चलचित्र सन् २०२० को फ्रेवुअरीमा रिलिज हुँदैछ। नायक सुनिल सेट्टीका छोरा अहान सेट्टीलाई निर्माता साजिद नाडियाडवालाले बलिउडमा यो बर्ष भित्राउँदैछन्। साजिदले ‘आरएक्स १००’ को हिन्दी रिमेकमा अहानलाई मौका दिएका हुन्। यो चलचित्र मे महिनामा रिलिज हुँदैछ। यो बर्षमा डेब्यू गरेका अनुहारका लागि कतिको फलदायी हुने त्यो कुरा सिनेमा रिलिज पछि मात्र थाहा हुनेछ।