काठमाडौं– नेपाल आईडलका प्रतियोगी टप ३ सम्म पुगेर लोकप्रिय बन्न सफल गायक प्रताप दासले ‘यात्रा’ बोलको नयाँ गीत सार्वजानिक गरेका छन्। राजधानीमा एक कार्यक्रममा बिच सार्वजनिक गीतमा प्रतापलाई पुजाले स्वरमा साथ दिएकी छन्।सत्यराज एसारसीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।
गीतको भिडियोमा करुणा श्रेष्ठ र प्रकाश रामदामको शसक्त अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन सुरेन्द्र बसेलले गरेका हुन्। बुद्ध थापाको छायाँङ्कन रहेको भिडियोमा नबिन निरौलाको सम्पादन रहेको छ। समग्रमा गीत एकदमै राम्रो बनेको छ। छोटो समयमा अत्याधिक रुचाईएको छ।
https://www.youtube.com/watch?v=Ub61kNDbP14