काठमाडौं– नेपाली चलचित्रमा पछिल्लो समय एक आशा गरिएकी नायिका हुन् सुपुष्पा भट्ट। उनै नायिकाले आफूले अहिले दर्शकले नोटिस गर्ने भूमिकालाई पहिलो प्राथमिकतामा राखेको बताएकी छिन्। आफू अभिनित तेश्रो चलचित्र ‘चपली हाइट–३’ को छायाँङ्कन सकेपछि मिडियासँग कुराकानी गर्दै भट्टले भनिन्, ‘मलाई अहिले मुख्य भूमिकामा काम गर्ने कुनै पनि लोभ छैन। अहिले म दर्शकले सम्झने भूमिकालाई रोजिरहेकी छु। म भर्खरै यो क्षेत्रमा आएकाले पनि यो काम गर्न आवश्यक छ।’
उनले, अभिनय गरेका ३ वटै चलचित्रमा उनी मुख्य नायिका भने होइनन्। उनी अभिनित डेब्यू चलचित्र ‘रणवीर’ मा नायिका सुवेच्छा खड्का मुख्य भूमिकामा थिइन्। यस्तै, चलचित्र ‘छ माया छपक्कै’ मा सुपुष्पा विशेष भूमिकामा मात्र थिइन्। चलचित्र ‘चपली हाइट–३’ मा पनि नायिका स्वस्तिमा खड्का मुख्य नायिकाको रुपमा छिन्।
सुपुष्पालाई अहिले चलचित्र मेकरले सम्झन थालेका छन्। उनलाई चलचित्रको अफर राम्रै आईरहेको छ। यही कारणले पनि अहिले उनले काम गर्दा भविष्यका लागि सम्झिएर गर्न आवश्यक छ। सुुपुष्पा अभिनित चलचित्र ‘चपली हाइट–३’ चैत्र २८ गते रिलिज हुँदैछ। जसले जे भनेपनि उनलाई चलचित्रमा निर्माता निर्देशकले लगातार सम्झिरहेका छन्।