एजेन्सी– बलिउड सुपरस्टार सलमान खानको नयाँ सिनेमाको पखाईमा बस्नेहरुको जमात ठूलो छ। उनको पछिल्लो रिलिज ‘दबंग–३’ लगातार सय करोड भारू कमाउने १५ औं सिनेमा बनेको छ। ‘दबंग–३’ ले रिलिजको ५ औं दिनमा सय करोडको आँकडा पार गरेको हो। सिनेमाले रिलिजको पाँचौ दिन मंगलबार १२ करोड भारू कमाइ गरेको छ। पाँचौ दिन आइपुग्दा ‘दबंग–३’ को कुल कमाइ १०३.८५ करोड भारू पुगेको छ।
रिलिजको पहिलो दिन २४.५० करोड भारू कमाएको सिनेमाले शनिबार, आइतबार, सोमबार र मंगलबार क्रमशः २४.७५, ३२.९०, १०.७० र १२ करोड भारू कमाइ गरेको छ। सिनेमाले सय करोड भारूको कमाइ गरेपनि यसपटक सिनेमाले समीक्षक तथा दर्शकहरूबाट चर्को आलोचना खेपेको छ। आलोचकले जे भने पनि सिनेमाको व्यापार बढिरहेको छ।