काठमाडौं– पहिलो सिरिजमा नायक प्रदिप खड्का र नायिका पूजा शर्माको जोडीलाई रुचाईएको ‘प्रेम गीत’ अहिले ‘प्रेम गीत–३’ छायाँकन भइरहेको फिल्म हो। फिल्मको अहिले मनाङका बिभिन्न स्थानमा छायाँकन भइरहेको छ। दुई सिरिजको सफलता पछि निर्माता सन्तोष सेनले तेस्रो सिरिजको निर्माण थालेका हुन्।
यतिबेला मनाङमा हिउ पर्ने सिजन हो। यो सिजनमा फिल्म छायाँकन त परै जाहोस्, मानिस घुम्न समेत कम जाने गर्दछन्। तर ‘प्रेम गीत–३’ युनिटले भने बिगत दुई सातादेखि फिल्मको छायाँङ्कन मनाङ आसपासका स्थानमा गरिरहेको छ। ‘जाडोको उच्च विन्दु भएपनि फिल्म युनिटले पुरै लगावका साथ काम गरिरहेको निर्माता निर्देशक सन्तोष सेनले बताए। दर्शकका लागि यो फिल्म प्रतिक्षाको फिल्म बनेका छ।
‘हिउँ परिरहेको बेलामा छायाँकन गर्नुपर्ने केही दृश्य फिल्ममा छन्’ सेनले भने ‘माइनस २६ डिग्री सेल्सियससम्म तापक्रम भएपनि हामीले काम गरिरहेका छौ।’ अत्यधिक चिसोमा पनि फिल्म युनिटले उत्साहका साथ काम गरिरहेको सेनको भनाई रहेको छ।फिल्मको केही पहिले राजधानीको किर्तिपुरमा छायाँङ्कन भएको थियो। एक दरबारको भब्य सेट बनाएर ४५ प्रतिसत फिल्म छायाङ्ँकन गरेपछि निर्माण युनिट बाँकी छायाँङ्कनका लागि मनाङ पुगेको थियो। मनाङमा हिउँ पर्दा छायङँकन गरिएको केही तस्बिर निर्माण युनिटले अहिले बाहिर ल्याएको छ। तस्बिरमा मनाङमा अहिले कस्तो अवस्था छ भनेर सजिलै अनुमान लगाउन सकिन्छ।
२ सय वर्ष अगाडीको प्रेमकथामा निर्माण भएको फिल्म निर्देशनमा सन्तोषसँग सहकार्य छेतेट गुरुङले पनि गडरेका छन्। प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतको अभिनय देख्न सकिन्छ।