काठमाडौं– सुपरहिट सिनेमा ‘पशुपति प्रसाद’ बाट गतिलो समीक्षकीय तारिफ बटुलेका निर्देशक दिपेन्द्र के खनालले फेरि एक पटक समिक्षक रिझाउने प्रयास गरेको देखिएको छ। यसअघि ‘चंगा चेट’ जस्तो हल्काफुलक्का विषयमा कमेडी सिनेमा बनाएका दिपेन्द्रले यस पटक आमालाई आफ्नो सिनेमाको कथा बनाएका छन्। बिहीबार आफ्नो आगामी सिनेमा ‘आमा’ को ट्रेलर सार्वजनिक गर्दै खनालले यस्तो छनक दिएका हुन्।
करिब ३ मिनेट ८८ सेकेण्ड लामो ट्रेलरबाट यसपटक उनले आफू गम्भीर सिनेमा लिएर आएको स्पष्ट संकेत गरेका छन्। खनालको यस सिनेमामा अभिनेत्री मिथिला शर्माले शीर्ष भूमिकामा अभिनय गरेकी छन्। सिनेमाको कथा उनकै वरीपरी घुमेको छ। डिएस डिजिटलको व्यानरमा निर्मित सिनेमामा सुभाष भुसालको संगीत, दिर्घ खड्काको सम्पादन र शर्मिला पाण्डेको लगानी छ। सिनेमा फागुन ९ मा रिलिज हुँदैछ। ‘आमा’ सबैको पर्खाईको को सिनेमा बनेको छ।
https://www.youtube.com/watch?v=RRv_IJSQweM