एजेन्सी– भारतीय सिनेमा तथा रंगमञ्चका चर्चित अभिनेता श्रीराम लागुको मंगलबार ९२ वर्षको उमेरमा महाराष्ट्रको पुणेमा निधन भएको हो। उनको जन्म सन् १९२७, नोभेम्बर १६ मा सतारामा भएको थियो। थुप्रै सिनेमामा गरेको चरित्र अभिनयका लागि प्रशङ्सनीय छन्। लागुको निधनामा महाराष्ट्रका ठूला नेताले शोक व्यक्त गरेका छन्।
उनको निधनमा एनसिपी प्रमुख शरद पवार, केन्द्रिय मन्त्री प्रकाश जावडेकर र नितिन गडकरीले ट्विटमा शोक व्यक्त गरेका छन्। श्रीरामले सय बढी हिन्दी तथा ४० बढी मराठी सिनेमामा काम गरेका छन्। ‘आहटःएक अजीब कहानी’, ‘पिंजरा’, मेरे साथ चल’, ‘सामना’, ‘दौलत’ आदि सिनेमा गरेको अभिनयका लागि उनको प्रशंसा हुने गरेको छ।
सन् १९७८ मा ‘घरौंदा’ सिनेमाका लागि उनले सर्वश्रेष्ठ सहायक अभिनेताको फिल्मफेयरको पुरस्कार जितेका थिए। पेशाले चिकित्सक समेत रहेका श्रीरामले मराठी नाटकमा महत्वपूर्ण योगदान दिएका छन्। उनको निधन प्रति सिंगो कलाकर्मी नै शोक मग्न भएको छ।