एजेन्सी– मानिसले आफुले गरेको गल्तीबाट कहाँबाट कसरी समातिन पुग्छ त्यो पायलको घटनाबाट बुझ्न सकिन्छ। अहिले बलिउड अभिनेत्री पायल रोहतगीलाई जेल सजाय भएको छ। उनलाई कोर्टले २४ डिसेम्बरसम्म थुनामा राख्न फैसला सुनाएको हो। भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु र उनका पिता मोतीलाल नेहरुविरुद्धमा रोहगतीले आपत्तिजनक भिडियो बनाएकी थिइन्। भिडियोलाई आधार मानेर उनलाई अहमदाबाद पुलिसले पक्राउ गरेको थियो।
अभिनेत्री रोहगतीलाई कुनै जमानत मिल्न सकेन। उनको जमानत र्कोटले खारेज गरेर जेल सजाय सुनाइएको छ। रोहगतीले आफू पक्राउ परेको ट्वीटर मार्फत सार्वजनिक गरेकी थिइन्। मलाई मोतीलाल नेहरुको विषयमा भिडियो बनाएकै कारण राजस्थान पुलिसले पक्राउ गरेको हो,’ सबै जानकारी गुगलबाट साभार गरेकी थिए, के अभिव्यक्त गर्न पाउनु ठट्टा हो? उनले लेखेकी थिइन्।यसका साथै उनका पंक्ति संग्रामले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्याग गर्दै कांग्रेस शासनमा स्वतन्त्रता छैन? भन्दै ट्वीट गरेका छन्।
रोहगतीका विरुद्धमा समाजसेवी र युथ कांग्रेस नेता चर्मेशले उजुरी गरेका हुन्। भिडियोमा भारतीय पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीको निधनको विषयमा यस्ता भ्रामिक जानकारी छन् जसले विदेशी सम्बन्धमा नराम्रो असर पार्न सक्छ। यस घटनाले सम्पूर्ण सामाजिक सञ्जाल प्रयोग कर्तालाई पनि ठूलो चेतावनी हो।