काठमाडौं– बलिउड नायिका करिना कपूर आफ्नो समयकी नम्बर १ नायिका हुन्। अहिले उनी चलचित्र ‘गुड न्यूज’ को प्रमोशनमा निकै व्यस्त छिन्। डिसेम्बर २८ तारिखमा यो चलचित्र रिलिज हुँदैछ। चलचित्रको प्रमोशनको क्रममा उनलाई दोश्रो सन्तानको बिषयमा पनि प्रश्न सोधिएको छ। करिनाका छोरा तैमुर मिडिया लाइमलाइटमा छन्। उनलाई पापाराजीहरुले खुबै पछ्याउँछन्। यसैले पनि सानो उमेरमै तैमुर सेलिब्रिटी भैसकेका छन्।
करिनाले दोश्रो सन्तानको बिषयमा मुख खोलेकी छिन्। उनले भनिन, ‘सैफ र मेरो अहिले दोश्रो सन्तानको बिषयमा कुनै पनि योजना बनेको छैन। हामी अहिले आफ्नै काममा बढी व्यस्त छौ। हामी व्यवसायिक र व्यक्तिगत जीवनमा सन्तुलन कायम गर्न चाहन्छौ।’ उनको यो भनाईले अर्को सन्तानको लागि तत्काल मात्र नसोचेको वा सोच्दै नसोकेको बारेमा बुझ्न अलि कठिन छ। करिना अभिनित चलचित्र ‘गुड न्यूज’ ले पनि सन्तानकै कथा भन्छ। यो रोचक कथालाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ।