एजेन्सी– बलिउड चलचित्र ‘बन्टी और बब्ली–२’ ले बक्स अफिसमा राम्रो कमाई गर्यो। नायक अभिषेक बच्चन र नायिका रानी मुखर्जीको मुख्य भूमिका रहेको यो चलचित्रको ‘कजरारे’ बोलको गीत सुपरहिट भयो। चलचित्र निर्माण भएको करिब १४ बर्षपछि यसको सिरिज बन्ने भएको छ। चलचित्रको छायाँङ्कन आजबाट शुरु भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। तर, ‘बन्टी और बब्ली–२’ मा भने नायक र नायिकाको रुपमा अभिषेक र रानी छैनन्। यसपटक, हिट चलचित्रको सिरिजमा नव–नायक सिद्धान्त चर्तुवेदी र नव–नायिका सरभारीले काम गर्ने पक्का भएको छ।
यो चलचित्रलाई वरुण शर्माले निर्देशन गर्दैछन्। जसले चलचित्र ‘सुल्तान र टाइगर जिन्दा हे’ मा सहायक निर्देशक भएर काम गरेका थिए। आदित्य चोपडा यो चलचित्रका निर्माता हुन्। नव कलाकारसँग यी नव निर्देशकले गरेको कामको नतिजा कस्तो होला भन्ने सबैको चासोको विषय हो।