काठमाडौं– नायिका सुरविना कार्कीले नेपाली चलचित्रमा आफ्नो पहिचान बनाईसकेकी छिन्। उनै नायिका अहिले मुम्बईमा छिन्। मुम्बईमा रहेर संघर्षरत यी सुन्दरीले नेपाली चलचित्रमा काम नगरेको पनि लामै समय भईसकेको छ। उनले, चलचित्र ‘लप्पन छप्पन–२’ साइन गरेकी थिइन्। चलचित्रको छायाँङ्कनका लागि उनी यूरोप पनि पुगिन्। तर, यसको निर्माणपक्षले यूरोपमा चलचित्र खिच्न सकेन। यसपछि, भने सुरविनाले चलचित्रबाट हात झिकिन्।
उनै, सुरविनाले नयाँ चलचित्र ‘शुभ मंगल’ मा काम गर्न लागेकी छिन्। लभ स्टोरी कथामा निर्माण हुन लागेको चलचित्रलाई मनोज अधिकारीले निर्देशन गर्दैछन्। चलचित्रमा सुरविनाको जोडीको रुपमा कलाकार कुशल थापा रहनेछन्। यो चलचित्रको छायाँङ्कन नेपाल र अष्ट्रेलियामा हुने बताइएको छ।
अष्ट्रेलियामा बस्ने नेपालीको लाइफस्टाइल र प्रेमको कथामा यो चलचित्र बन्नेछ। यो चलचित्रलाई संगम क्षेत्री र नारायण दत्तले निर्माण गर्न लागेका हुन्। चलचित्रको छायाँङ्कन केही महिनापछि शुरु हुनेछ। नायिका सुरविना कार्कीले मुम्बईबाट कथा मन परेकाले चलचित्रमा काम गर्न लागेको बताइकी छिन्।