एजेन्सी– अगे्रजी नयाँ बर्षको शुरुवातमा संसार भरि नयाँ रौनक छाएको हुन्छ। भारतीय बक्स अफिसमा नयाँ बर्षको शुरुवातसँगै ठूलो भिडन्त हुने पक्का भएको छ। भारतका ३ स्टारको चलचित्र एकैदिनमा रिलिज हुने भएपछि ठूलो भिडन्त पक्का भएको हो।जनवरी १० मा यसअघि नै बलिउडका दुई आशातित चलचित्र ‘छपाक र तन्हाजी’ भिड्ने पक्का भएको थियो।
नायक अजय देवगण र सैफअली खानको ‘तन्हाजी’ ऐतिहासिक कथामा बनेको चलचित्र हो। यस्तै, नायिका दीपिका पादुकोणको ‘छपाक’ एसिड आक्रामणमा परेकी एक यूवतीको कथामा बनेको चलचित्र हो। अब, यो मितिमा साउथका सुपरस्टार रजनीकान्तको चलचित्र ‘दरबार’ पनि रिलिज हुने भएको छ। यो चलचित्र भारतभर विभिन्न भाषामा रिलिज हुने भएको छ। ‘दरबार’ को ट्रेलर सोमबार रिलिज भएको छ। यसलाई दर्शकले रुचाएका छन्।
यो चलचित्रमा रजनीकान्त प्रहरीको भूमिकामा देखिएका छन्। रजनीको एक्सन अवतारलाई दर्शकले खुबै मन पराएका छन्। यसैले, पनि जनवरी १० को भिडन्त बलिउडका नयाँ बर्षको शुरुवातमै हुन लागेको ठूलो भिडन्तको रुपमा हेरिएको छ। जसको परिणाम के हुने भन्ने कुरा सबैको जिज्ञासाको विषय बनेको छ।