काठमाडौं– नायिका नम्रता श्रेष्ठ नेपाली चलचित्रमा एउटा उदाहरणीय नाम हो। उनी फरक भूमिका गर्न रुचाउँछिन्। फरक भूमिका गर्दा उनलाई सफलता भन्दा असफलता बढी हात परेको छ। लभ स्टोरी चलचित्रबाट बाहिरिएर उनले एक्सन चलचित्रमा काम गर्दा ‘जाइरा’ ले दर्शक तान्न सकेन। तर, पनि नम्रता बर्षमा धेरै चलचित्रमा काम भने गर्दिनन्।
नम्रताको करिअरमा सफलता र असफलता पटक पटक देख्न सकिन्छ। नम्रताले यो कुरा राम्रोसँग वुझेकी पनि छिन्। सायद, नम्रतालाई फरक काम गर्दा असफलता हात लाग्दा पनि ठूलो फरक परेको छैन। किनकी, उनले यसबाट आत्म सन्तुष्टी प्राप्त गरेको हुनसक्छ। उनको लोकप्रियतामा कमी आउँन उनले कदापी दिएकी छैनन्। नम्रता लेख्छिन्, ‘मैले घामको किरणमा हिड्नका लागि सडक पार गरेको छु।’ नम्रताको यो भनाइलाई विभिन्न कोणबाट वुझ्न सकिन्छ।
सायद, नम्रता चलचित्र क्षेत्रमा चलिरहेका चलचित्र भन्दा केही फरक गर्न चाहन्छिन्। यसैले, उनले अर्को बाटो हिड्न खोजेको भाव आफ्नो सामाजिक सञ्जालमा व्यक्त गरेकी छिन्। नम्रताले ‘जाइरा’ पछि अर्को कुनै चलचित्र साइन गरेकी छैनन्।