काठमाडौं– लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र गीता श्रीष मगरको आवाजमा रहेको ‘गाई चराउने बनमा’ गीतलाई दर्शकले अत्याधिक रुचाएका छन्। दुर्गा विरहीको शब्द र संगीतमा रहेको गीतलाई झलक संगीतमले संगीत संयोजन गरेका हुन्। मालिका स्टुडियोमा गीत रेकर्ड भएको हो। गीतको भिडियो निर्देशन पनि दुर्गा विरहीले नै गरेका हुन्, भने नायिका रक्षा र श्रेष्ठ र पि.एन. सापकोटको अभिनय रहेको छ।
गीतमा बालापनदेखि नै एकले अर्कोलाई मन पराउँदा पनि जीवमा किन सँगै हुन पाईएन भन्ने निकै मार्मिक भाव रहेको छ। गीतको भिडियो छायाँङ्कन देखि सबै कुरा एकदमै उत्कृष्ट बनेको छ। पछिल्लो समय भिडियो निर्देशनमा सक्रिय दुर्गाको निर्देशनलाई पनि दर्शकले रुचाएका छन्। आत्मश्विास फिल्मस् बाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=rT_vEEqRhUc