काठमाडौं– नायिका रीमा विश्वकर्मा नेपाली चलचित्रमा लोकप्रिय नाम हो। उनको अर्को त्यस्तै परिचय अहिले रियालिटी शो होस्टको रुपमा बढी छ। किनकी, ‘नेपाल आइडल, कमेडी च्याम्पियन’ जस्ता रियालिटी शो उनले होस्ट गरेकी छिन्। यसैले, रीमालाई चिन्नेहरुले उनलाई होस्टको रुपमा बढी चिन्छन्।
रीमाको चलचित्र यात्रा भने त्यति सुखद छैन, तर उनी खाली बस्ने नायिकाको सूचीमा पर्दिनन्। उनलाई म्यूजिक भिडियोको अफर पनि त्यतिनै आउँछ, तर उनले छानेर मात्र काम गरिहेकी छिन्। उनी, चलचित्र ‘हिजो आजका कुरा’ मा काम त गरिरहेकी छिन्। तर, दर्शक उनकै कारणले हलसम्म भने पुग्दैनन्। यसैले पनि रीमालाई अहिले टेलिभिजनमा रियालिटी शो होस्ट गर्न बढी मन लागेको हुनुपर्छ। केही दिन अगाडि नायिका ऋचा शर्माको बिहेमा पुगेकी रीमा सारीमा निकै आकर्षक देखिइन्।
रीमाले सारी लगाएको कमै मात्र देखिन्छ। तर, रीमा सारीमा खुलेकी थिइन्। चलचित्र कम वा बढीमा काम गर्नुले मात्र उनको चर्चा रहँदैन। रीमाले अन्य कुरामा पनि सक्रिय भएर चर्चा भने पाएकै नै छन्। ग्ल्यामर बजारमा चर्चा नै त हो ठूलो कुरा हाे, त्यो चर्चाबाट रीमा कहिल्यै टाढा छैनन्।