एजेन्सी– चर्चित बलिउड नायिका अनन्या पाण्डेले हालसम्म २ वटा चलचित्रमा मात्र काम गरेकी छिन्। तर, बलिउडमा उनको उपस्थिती बलियो बन्न थालेको छ। ‘स्टूडेन्ट अफ दि इयर र पति, पत्नी और ओ’ रिलिजसँगै अनन्या बलिउडमा नयाँ पुस्ताकी आशालाग्दी नायिकाको रुपमा चिनिन थालेकी छिन्। उनको हातमा चलचित्रको कुनै अभाव छैन। तर उनले चलचित्रको कथा हेरेर मात्र साईन गरेकी छिन्।
उनै, अनन्या अब नायक शैफअली खानकी छोरीको रुपमा पर्दामा देखिने भएकी छिन्। शैफअली र अनन्यालाई निर्माण टिमले फाइनल गरेको भारतीय मिडियामा उल्लेख छ। राहुल ढोलाकियाको निर्देशन तथा फरहान अख्तरको निर्माणमा बन्न लागेको नयाँ चलचित्रमा अनन्या र शैफ फाइनल भएका हुन्। दर्शकका लागि अनन्या र शैफको बोन्डिङ प्रतिक्षारत हुनेछ। यो चलचित्रलाई थ्रिलर कथामा निर्माण गर्ने तयारी राहुल र फरहानको छ।