काठमाडौं– लाईभ दोहोरी गीतमा सवाल–जवाफ गर्दै चर्चामा आएकी धादिङ्की ११ बर्षीय बाल गायिका कमला घिमिरेको एक पछि अर्को गीत बजारमा आउँन थालेका छन्। पहिलो गीत ‘चिया छानेको’ लाई दर्शहरुले अत्याधिक रुचाएपछि उनी उनी अहिले दर्शकको १ नम्बर रोजाईँमा पर्न थालेकी छिन्।
प्राय लाईभ दोहोरी कार्यक्रममा सक्रिय रहने कमलाको दुईवटा गीतमा आवाज दिईसकेपछि यो उनको तेस्रो प्रस्तुति हो जुन गीतमा उनी म्यूजिक भिडियोमा देखिएकी छन् तर यो गीतमा आवाज संजीव सिंह रानाको रहेको छ। संजीव सिहंकै लय र शब्दमा रहेको गीतमा कमलाले संजीवको बहिनीको रुपमा निकै उत्कृष्ट अभिनय गरेकी छिन् यो भिडियोले कमलाको अर्को कला जुन अभिनय कमै दर्शहरुलाई मात्र थाहा थियो, यो गीतबाट धेरैले उनलाई अभिनयमा पनि उतिकै रुचाईने देखिएको छ।
परम्परागत गुन्यू र चोलीमा सजिएकी कमलालाई सबैले राम्रो प्रतिक्रिया दिएका छन्। शासक शाक्यको संगीत संयोजन र राजिब समीरको निर्देशनमा रहेको गीत समग्रमा राम्रो बनेको छ। गीतको भिडियोमा संजीव र कमला सँगै दिक्षा ठकुरीको पनि अभिनय रहेको छ। संजीव सिंह रानाको यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=kSx4OKOxMXo