काठमाडौं– अहिलेका चर्चित नायिकाहरु केकी अधिकारी र आँचल शर्माको बोन्डिङ गज्जबको देखिएको छ। यी दुई नायिका हाल चलचित्र ‘झिंगे दाउ’ को छायाङ्कनमा व्यस्त छन्। चलचित्रमा यी दुईलाई दर्शकले केही फरक अवतारमा देख्न पाउनेछन्। केकीले यस्तो भूमिका यसअघि पनि केही चलचित्रमा गरेकी थिइन् भने आँचलका लागि यो फ्रेस भूमिका हो। यी दुइले आफ्नो सामाजिक संजालमा एक अर्काको चर्चा गर्न थालेका छन्।
यसै बिच, आँचलले सार्वजनिक गरेको एक तस्विरमा यी दुबैको सिउँदोमा सिन्दुर देख्न सकिन्छ। आँचल त यसै बर्ष बिहे गर्ने तयारीमा पनि छिन् तर केकीको भने अहिलेसम्म बिहे पक्का भएको छैन। चलचित्रको पर्दामा बेहुली बन्दाको अनुभव गर्न पाउँदा यी दुई नायिका खुशी देखिएका छन्। केकी र आँचलले यस्तो खालको भूमिका गर्न पाउँदा आफूहरु उत्साहित रहेको बताएका छन्। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भईरहेको चलचित्रमा मुकुन भुषाल पनि मुख्य भूमिकामा छन्।