काठमाडौं– लोकप्रिय गायक तथा सर्जक खेम सेन्चुरीको लय र अविरल वि.सी.को शब्दमा अहिलेको सरकारलाई सिधा प्रहार गरेको गीत ‘कहिले आउँछ पालो सरकार’ सार्वजानिक भएको छ। भारतले नेपाली सिमाना च्यापिरहेको अवस्थामा चुप रहेको सरकार र देशमा घटिरहेका विभिन्न अराजकतामा पनि आँखामा पट्टी बाँधिरहेको सरकारको लागि यो कडा प्रहार गरिएको गीत हो।
अहिलेका लोकप्रिय गायक, गायिकाहरु मेक्सम खाती, खेम सेन्चुरी, नरेश खाती, सम्झना भण्डारी, जानकी तारामी र भागीरथ चलाउनेले आवाज दिनुका साथै भिडियोमा पनि उनै गायक, गायिकाहरुलाई देख्न सकिन्छ। गीतको भिडियो निर्देशन अहिले लोकप्रिय निर्देशक विनोद भण्डारीले गरेका छन्। सागर विरहीको संगीत संयोजन रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड भएको हो। खेम सेन्चुरीको अफिसियल यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=aMu_y7MzKXE