काठमाडौं– नेपालमा विस्तारै सुविधायुक्त सिनेमा हल बन्ने क्रम जारी रहेको छ। काठमाडौंको गोंगबु नयाँ बसपार्क क्षेत्रका दर्शकलाई मध्यनजर गर्दै सुविधा सम्पन्न हल सञ्जालनमा ल्याइने भएको छ। बसपार्कमा रहेको ल्होत्से मलमा मल्टिप्लेक्स हल सञ्चालनमा आउन लागेको हो।
इन्सेप्सन एण्ड आइडियाज् प्रा.लि.ले एक हलमा २ सय ४० सिट क्षमता हुने गरी २ वटा हल सञ्चालनमा ल्याउन लागेको हो। यी हलहरुमा आधुनिक प्रविधि जडान गरिने जनाइएको छ । योसँगै आइआइ ग्रुपले देशका अन्य शहरमा पनि हल बिस्तार गर्ने जनाएको छ। यी हलहरुमा जी.डी.सी. सर्भर जडान गरिनेछ। साथै थ्रिडी सिनेमा पनि हेर्न पाइनेछ।