एजेन्सी– सन् २००५ मा भारतको नयाँ दिल्ली स्थित सडकमा एसिड आक्रमणमा परेकी माल्ती नाम गरेकी एक यूवतीको कथामा तयार भएको चलचित्र ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रमा माल्तीको भूमिकामा नायिका दीपिका पादुकोणले अभिनय गरेकी छिन्। दीपिकालाई एसिड आक्रामणमा परेकी यूवतीको भूमिकामा देखाइएको छ।
चर्चित निर्देशक मेग्ना गुल्जारको निर्देशनमा तयार भएको यो चलचित्रलाई फक्स स्टार स्टूडियो, दीपिका पादुकोण, गोविन्द सिंह सन्धु र मेग्ना गुल्जारले निर्माण गरेका हुन्। अतिका चोहान र मेग्ना गुल्जारको लेखनमा तयार भएको यो चलचित्र सन् २०२० को डिसेम्बर १० मा रिलिज हुने तयारीमा रहेको छ।
भारतमा मात्र नभएर अहिले नेपालमा पनि एसिड आक्रमणको घटना दिन–प्रतिदिन बढीरहेका छन्। चलचित्रले समाजमा सचेतना बढाउने अपेक्षा गरिएको छ।
https://youtu.be/kXVf-KLyybk