एजेन्सी– यो बर्षको ‘मिस यूनिभर्स’ को ताज दक्षिण अफ्रिकाकी सुन्दरी जोजिबिनी टुन्जीले पहिरिएकी छिन्। आइतबार राती आयोजना भएको ‘मिस यूनिभर्स’ मा विश्वभरबाट सहभागी भएका अन्य देशका सुन्दरीलाई पछि पार्दै जोजिबिनीले टाइटल जित हात पारेकी हुन्।
जोलिबिनीले स्विमसुट, गाउन राउन्ड र प्रश्नोत्तर राउन्डपछि यो ताज जितिन्। प्रश्नोत्तर राउण्डमा उनले भनिन्, ‘म यस्तो दुनियाँमा हुर्किएकी हुँ, जहाँ एकजना महिला म जस्तो देखिन्छिन्। जसको छालालाई कहिले पनि सुन्दर मानिदैन।’ उनले अगाडि भनिन्, ‘मलाई लाग्छ, अब यो आजबाट बन्द भएको छ। साना बच्चाहरुले मलाई हेरुन्, मलाई देख्न सकुन् र आफ्नो अनुहारमा मेरो प्रतिबिम्ब महशुस गरुन्।’ यस्तै, ‘मिस यूनिभर्स’ मा मेक्सिकोकी सुन्दरी र प्यूर्टो रिकोकी सुन्दरीले क्रमशः फस्ट रनरअप र सेकेन्ड रनर अपको ताज जितेका छन्।
नयाँ ‘मिस यूनिभर्स’ लाई ताजि पहिर्याउँदै गत बर्षकी मिस यूनिभर्सले भनिन्, ‘एक बर्षको यो अवधी मेरा लागि विर्सन नसक्ने खालको बनेको छ। मेरो जीवन नै यसले परिवर्तन गरिदिएको छ।’