काठमाडौं– ‘पिंडालु’ र ‘भगेंरी’ जस्ता सुपरहिट लोकदोहोरी गीतका गायक तथा सर्जक तेजस रेग्मीको शब्द, संगीत नयाँ गीत ‘छोटो कपाल’ भर्खर मात्र सार्वजानिक भएको छ। तेजसलाई आवाजमा बहुचर्चित गायिका बिष्णु माझीले साथ दिएकी छिन्।
आशिष अविरलको शब्द संगीत संयोजनमा रहेको गीत राग स्टुडियो रेकर्ड भएको हो। शिव विकको निर्देशनमा रहेको गीतको म्यूजिक भिडियोमा दुर्गेश थापा, गोविन्द भट्टराई र नायिका सुष्मा कार्कीको नृत्य रहेको छ। गीतमा एकदमै मौलिक शब्दको प्रयोग गरिएको छ। गीतको भिडियो एकदमै उत्कृष्ट बनेको छ। अहिलेका अधिकांश चलिरहेका गीतहरु भन्दा यसपटक तेजसले भिडियोमा अलि फरक गरेका छन्। नायिका सुष्मा कार्की सेतो सर्ट र स्कटमा एकदमै मोर्डन देखिएकी छिन्। ईनाक्क्षी ईन्टरटेन्मेन्ट बाट बजारमा उपलब्ध छ।
https://youtu.be/8ERkKRPmmiU