काठमाडौं– लोकप्रिय नायिका नीता ढुंगाना हिजोआज सामाजिक संजालमा रोमान्टिक देखिन थालेकी छिन्। उनको तस्वीर र शब्दले पनि यही कुरा बताउँछ। यसले, कतै नीता प्रेममा त परेकी छैनन् भन्ने अड्कल लगाउन पनि उनका फ्यानहरुलाई ठाउँ दिएको छ।
नीताले फेसबुकमा रोमान्टिक मुडका तस्वीर राख्दै लेखेकी छिन्, ‘जिन्दगीको २ पल, एक पल तिमीलाई आधा आधा’। आखिर, नीताको जिन्दगीको २ पलमध्ये एक पल कसलाई होला? यो उनले नै जान्ने कुरा भयो। तर, उनको रोमान्टिक मुडले धेरै कुराको बयान गरिरहेको हुन्छ। नीता अहिले आफ्नै होम प्रोडक्शनको चलचित्र ‘माया’ को तयारीमा छिन्। बाहिरी ब्यानरका चलचित्रमा काम गरेर खासै फाइदा लिन नसकेकी नीतालाई ‘माया’माथि भरोसा छ।
नायक आमेष भण्डारीसँग ब्रेकअपपछि नीताको प्रेम चर्चा चलचित्र बजारमा सुनिएको छैन। तर, नीताको रोमान्टिक तस्वीर र त्यस्तै छनक दिने क्याप्सनले भने फेरि उनी प्रेममा रहेको अड्कल लगाउने ठाउँ प्रशस्त दिएको छ। धेरैको अनुमान छ उनी आफ्नो प्रेम बारे छिट्टै खुलासा गर्छिन्।