काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल नेपालका तीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले सशस्त्र प्रहरी बलका एआईजी चन्द्रप्रकाश गौतमलाई प्रशासन बिभाग, नारायणदत्त पौडेललाई सिमा सुरक्षा बिभाग र बंशीराज दाहाललाई कार्य बिभागमा सरुवा गरिएको जानकारी दिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालको प्रस्ताव बमोजिम सरकारले सशस्त्र प्रहरी बल नेपालका एआईजीहरुको सरुवा गरेको हो ।