काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार एमालेले सात लाख ४६ हजार ६१४ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले सात लाख १५ हजार २२३ , राष्ट्रिय स्वतन्त्र पार्टीले तीन लाख ५९ हजार १५१, नेकपा (माओवादी केन्द्र) ले तीन लाख ३० हजार १५२ , राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ८९ हजार ५७६ मत प्राप्त गरेको छ ।