धनगढी । कैलालीमा चरी बाघको बच्चा फेला परेको छ । गौरीगङ्गा नगरपालिका–७ स्थित चौधरी खोलामा शनिबार चरी बाघको बच्चा फेला परेको हो ।
फेला परेको सो चरी बाघको बच्चालाई सव डिभिजन वन कार्यालय मसुरियाले उद्धार गरी धनगढी पु¥याएको छ ।
उद्धार गरेर ल्याइएको चरी बाघको बच्चालाई धनगढीको शिवपुरीस्थित असहाय तथा टुहुरा वन्यजन्तु स्याहार केन्द्रमा राखिएको डिभिजन वन कार्यालय धनगढीमा कार्यरत रेन्जर रामऔतार चौधरीले जानकारी दिए ।