पछिल्लो २५ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
विगत २४ घण्टामा २०,५६० वटा नमुना परीक्षण गरिएकामा करिब २५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विगत एक सातामा बालबालिकामा कोरोना भाइरसको सङ्क्रमण लगभग पाँच गुनाले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाउँछ ।
सबैभन्दा बढी सङ्क्रमण भने २१ देखि ३० र ३१ देखि ४० वर्षको उमेर समूहका मानिसमा देखिएको छ । पछिल्ला दिनहरूमा सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३०६ संक्रमित निको हुँदा ३ जनाको मृत्यु भएको छ ।
हाल देशभर १८ हजार २३५ सक्रिय संक्रमित छन् ।
तीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा भएको उल्लेख छ । अहिले काठमाडौं उपत्यकामा १०,८११ जना निको हुन बाँकी सङ्क्रमित छन् ।
काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन् । काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन् ।
