शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सङ्कटा क्लबले पहिलो जित निकालेको छ ।
आज शुक्रवार दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटाले फ्रेन्ड्स क्लबलाई दुई–एक गोल अन्तरले हराएको हो । खेलको ४२ औँ मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गरी फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए तर अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लब पराजित हुन पुग्यो ।
सङ्कटाका निरज बस्नेतले खेलको ५७ औँ मिनेटमा र फोडे फोफानाले ८६ औँ मिनेटमा एकरएक गोल गरेपछि पुनरागमन जित निकालेको हो ।
जितसँगै सङ्कटाले दुई खेलमा चार अङ्क जोडेको छ । सङ्कटा दोस्रो स्थानमा रहेको छ, सङ्कटाले पहिलो खेलमा हिमालयन शेर्पासँग एक–एक गोलको बराबरी खेलेको थियो ।