प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम जाने भएका छन।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बेमौसमी अविरल वर्षाका कारण व्यापक क्षति भएपछि प्रधानमन्त्री देउवा त्यहाँको स्थलगत अवलोकनका लागि सुदूरपश्चिम जान लागेका हुन।
काँग्रेस नेता एन पी साउदका अनुसार प्रधानमन्त्री देउवा भोलि सुदूरपश्चिम जाने तय भएको छ । आजै नेता साउदले प्रधानमन्त्री देउवालाई भेट गरि सुदूरपश्चिममा अविरल वर्षापछिको बाढी पहिरोका कारण भएको जनधनको क्षतिबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री देउवासंगै नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु एन पी साउद, रमेश लेखक र विर वहादुर वलायर सुदूरपश्चिम जाने भएका छन ।