बिगत ४ दिनदेखि मधेशका जिल्ला लगायत देशैभरी भारि वर्षा र बाढिपहिरोको कारण किसान बिचल्लीमा छन् ।
बिउबिजन र मलखाद नपाउंदा जसोतसो ऋण खोजेर बालि लगाएका किसान दशैपछि बालि भित्राउने र साउको ऋण देखि घरको छाक टार्ने योजनामा रमाईरहेका थिए ।
तर अकष्मात आएको बेमौसमि बर्षातले उनिहरुको योजनालाई लथालिंग पारिदिएको छ ।
भकारीमा भित्राउनै लागेको धानबालि पानिमा बगेको छ । बचेका बालि भिजेर नष्ट भएको छ ।
यस्तो अवस्थामा उनिहरु सरकोको मुख ताकिरहेका छन तर सरकार बेखबर छ ।
सरकारका कृषिमन्त्री अन्नको भण्डार मानिने तराई–मधेश क्षेत्रकै हुन् । कृषिमन्त्री महेन्द्र यादव किसान पनि हुन, तर थ्यही किसानहरु मर्कामा परेको बेला अहिले उनि गायब छन् ।
राहत र क्षतिपुर्ति त परै जाओस किसानको पिडामा मल्हम लगाउन र सान्त्वना दिन समेत उनलाई फुर्सद नभएको उनकै जिल्लाका किशानहरुको आरोप छ ।
प्रदेश २ को सिराहा, सस्तरी, प्रदेश १ को मोरंग, झापा, सुनसरी लगायतका तराई एरिया लगायत पहाडि भेगका गरी करिब १९ जिल्ला बाढिपहिरोबाट पिडित भएतापिन कृषिमन्त्री भने आफ्नो पार्टिको र्काक्रममै व्यस्त छन् ।
कृषकहरुको सेवासुबिधाका तथा उन्नतिका लागि कृषि मन्त्रालयका मन्त्री सेवाकार्यमा नलागि स्वागत तथा पार्टि प्रवेश कार्यक्रमै व्यस्त हुंदा जनतामा निराशा छाएको छ ।