काठमाडौं । प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्य गर्ने तीन डिआईजी सहित १०४ प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।
पुरस्कृत हुनेमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्र खत्री, कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटा र डीआईजी विश्व अधिकारी सहित १०४ जना प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सुम्पेको जिम्मेवारी तथा देश र जनताको सेवामा समर्पित नेपाल प्रहरीका प्रहरी कार्यालय सहयोगीदेखि डीआईजीसम्म नगद पुरस्कारबाट सम्मानित भएका हुन् ।
यस प्रकारको पुरस्कारले प्रहरी कर्मचारीहरूमा कार्यसम्पादनप्रति थप हौसला, व्यावसायिकता र उच्च मनोबल बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।