अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष पञ्चा सिंहले देश बनाउन अब बिचारबाट माथि उठन आवश्यक रहेको बताएकी छन् ।
बिहीबार धनुषामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को २० औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जस्तो अब बन्दुक बोक्नुपर्दैन । हामीले अहिले समाज परिवर्तन गर्नको लागि विचारको परिर्वतन गर्नुपर्छ ।’
‘म कर्णाली प्रदेशकी चेली हुँ । मधेसको पीडा र कर्णाली प्रदेशको पीडा एउटै छ’, उनले भनिन्, ‘फरक भुगोलको मात्र छ । अहिले पनि दाइजोको नाममा चेलीबेटी बेचविखन, घरेलु हिंसा भइहेको छ । यसलाई रोक्न हामी विद्यार्थी संगठन एकबद्ध हुन आवाश्यक छ ।’
उनले प्रदेश सरकारले ल्याएको ‘वेटी बचाउ, वेटी पढाउ’ कार्यक्रमको प्रशंसा गर्दै यो अभियान अभियानमा मात्र सिमित नराख्न अनुरोध समेत गरिन् ।
उनले भनिन्, ‘अभियान कमाई खाने भाँडो भएको छ । त्यस्तो हुनुहुँदैन् । यस्ता खालका कार्यक्रमहरुको कार्यान्वयनका लागि विद्यार्थी संगठनहरुले एकबद्ध भयर आवाज उठाउनुपर्छ ।’
साथै उनले अखिल क्रान्तिकारीको छोरोले मात्र होइन, छोरीले पनि नेतृत्व गर्नुपर्ने बताइन् ।