आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध नेपाल ५ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि जतिन्दर सिंहले ६२ बलमा ६ छक्का र १२ चौकासहित १०७ रन बनाए ।
त्यस्तै, र मोहम्मद नदीमले अविजित ३८, सुरज कुमारले २० र अयान खानले १८ रनको योगदान दिए ।
बलिङमा करण केसी, कुशल मल्लले दुई-दुई र सुशान भारीले एक विकेट लिए ।
नेपाली टिमका सबैभन्दा महत्वपूर्ण सन्दीप लामिछानेले आज एक ओभर पनि बलिङ गरेनन् । फिल्डिङका कारण चोट लागेपछि उनले बलिङ नगरेका हुन् ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७.३ ओभरमा सबै विकेट गुमाएर १ सय ९६ रन मात्र बनाएको थियो ।
नेपालका लागि आसिफ शेखले उत्कृष्ट पारी खेले । उनले ११२ बलमा एक छक्का र सात चौकासहित ९० रन बनाए ।
त्यस्तै, आज कप्तान ज्ञानेन्द्र मल्ल, करण केसीले २१-२१, रोहितकुमार पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए ।
कुशल भुर्तेल (०), विनोद भण्डारी (६), सोमपाल कामी (७), कुशल मल्ल (४), विक्रम सोब (२) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
जारी सिरिजअन्तर्गत नेपालले तेस्रो म्याच शुक्रबार अमेरिकासँग खेल्नेछ ।