आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको एकदिवसीय म्याचमा नेपाल १९६ रनमै समेटिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १ सय ९६ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि आसिफ शेखले उत्कृष्ट पारी खेले । उनले ११२ बलमा एक छक्का र सात चौकासहित ९० रन बनाए ।
उनलाई बिलाल खानले बोल्ड गरेका हुन् । शतक बनाउन चुके पनि आसिफले नेपालबाट एकदिवसीय क्रिकेटमा कम उमेरमा सर्वाधिक रन बनाउने ओपनिङ ब्याट्सम्यानको कीर्तिमान बनाएका हुन् ।
त्यस्तै, आज कप्तान ज्ञानेन्द्र मल्ल, करण केसीले २१÷२१, रोहितकुमार पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए ।
कुशल भुर्तेल (०), विनोद भण्डारी (६), सोमपाल कामी (७), कुशल मल्ल (४), विक्रम सोब (२) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा बिलाल खानले चार, जीशान मक्सूद, नेस्टर धम्बा र मोहम्मद नदीमले एक विकेट लिए ।