सरकार र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी बीच ६ बुँदे सहमति भएको छ। प्रतिष्ठान पुगेर सरकारी वार्ता टोलीले बुधबार बीपी शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग ६ बुँदे सहमति गरेको हो। सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएकाे छ।
सहमतिपत्रमा सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलसहित सदस्यहरु मानबहादुर बस्नेत र देवराज भण्डारी र संघर्ष समितिका तर्फबाट संयोजक डा. एसपी रिमाल, सहसंयोजक डा. विष्णु पोखरेलसहित १२ जना सदस्यहरुले हस्ताक्षर गरेका छन्।
यस्ताे छ पत्र:

