प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. आरपी बिच्छालाई नियुक्त गरेका छन्।
यसअघि, उक्त जिम्मेबारी डा. दीपेन्द्ररमण सिंहले सम्हालेका थिए। डा. सिंहलाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ।
यसअघि, कान्ति बाल अस्पतालको निर्देशक रहेका डा. बिच्छा उमेर हदका कारण आउँदो असोजमा अनिवार्य अवकाश पाउँदै छन्।