आज चीनबाट थप ८ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ। नेपालले खरिद गरेको ४० लाख डोजमध्येको अन्तिम खेप अन्तर्गत सो परिमाणको खोप आइपुगेको हो।
खोप आज दिउँसो २ बजे बेइजिङबाट नेपालवायुसेवा निगमको जहाजमा ल्याइएको हो। थप ८ लाख डोज खोप ल्याउन निगमको जहाज साउन २४ गते बेइजिङ जाने कार्यक्रम छ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्दै चिनियाँ राजदूत होउ यान्छीले १६ लाख डोज खोप अनुदानमा दिने जनाएकी थिइन्।