लेखक तथा नागरिक अभियन्ता युग पाठकले सर्वोच्चको आजको फैसलाले निरंकुशता लाद्न खोज्ने ओली प्रवृत्ति खारेज भएको टिप्पणी गरेका छन्।
‘सार्वेच्चको आजको फैसलासँगै निरंकशुता लाद्न खोज्ने ओली प्रवृत्ति खारेज भएको छ,’ पाठकले आफ्नो फेसबुकमा लेखेका छन्, ‘फैसलाको मुख सर्वोच्चको भए पनि फैसलाको ममबुन आमजनताको संघर्षले लेखेको हो।’
पाठकले जनताको परिवर्तनको चाहनालाई उल्टाएर प्रतिगमनको डोजर चलाउन खोज्ने प्रवृत्तिविरुद्ध संघर्ष गर्न पनि सबैलाई आह्वान गरेका छन्।