नेकपा एमालेका सांसद एवम् पुर्वमन्त्री योगेश भट्टराईले पार्टी एकताको आशा अझैँ बाँकि रहेको बताएका छन्। उनले नेकपा एमालेको कुनै पनि पक्ष पार्टी विभाजनको निष्कर्षमा नपुगेको दावी गरे। ‘बालुवाटारमा रहनुभएको कमरेड केपी ओली पार्टी विभाजनको अन्तिम निर्णयमा पुग्नुभएको छैन्। कोटेश्वरमा रहनुभएको माधव नेपाल पार्टी विभाजनको अन्तिम ठाँउमा पुग्नुभएको छैन्, त्यसकारण त्यहा आशा बाँकी छ’ पुर्वमन्त्री भट्टराईले भने।
सांसद भट्टराईले एमाले एकताबद्द भएर अघि बढ्ने ठोकुवा समेत गरेका छन्। ‘केपी ओलीस्, माधव नेपाल, झलनाथ खना, बामदेव गौतमलगायत नेतासहित सबै कार्यकर्ताहरुको एकता हुन्छ,’ उनले भने, ‘अर्को कुनै बाटोको कल्पना समेत गर्न सकिदैँन्।’ उनले अहिलेको बिवादलाई केपी ओली र माधव नेपालको व्यक्तिगत वहसमा सिमित गर्न नहुने जिकिर समेत गरे।
नेता भट्टराईले आफुँ पार्टी एकताको पक्षमा रहेको बताउँदै कुनै पक्षमा नलागेको दावी समेत गरे। ‘पार्टीमा विचार समुह हुन्छ, पहिलेदेखी छन्,’ उनले भने, ‘नवौँ महाधिवेशनमा केपी ओली र माधव नेपाल अध्यक्षमा उठ्नुभयो त्यतिबेला हामी कमरेड माधव नेपालको पक्षमा थियौँ। अहिले पनि पार्टी एकताको पक्षमा छौ।’ अहिले ओली र नेपालविच देखिएको बिवादलाई मिलाए मात्र पार्टी एकता हुने भट्टराईले टिप्प्णी गरे।
पुर्वमन्त्री भट्टराईले वैचारिक ढङ्गले आफुँ अझै माधव नेपालकै पक्षमा रहेको पनि बताए। माधव कुमार नेपालले भट्टराईमाथि विश्वास नगर्ने प्रसंङ्गको जवाफ दिँदै नेता भट्टराईले भने, ‘नगरेर के फरक पर्छ त मलाई?’ उनले आफुँले पार्टी अध्यक्ष ओलीलाई साथ दिइरहेको बताउदै थपे, ‘केपी ओलीलाई त म साथ दिन्छु नि, उहाँ मेरो पार्टीको अध्यक्ष हुनुको नाताले मैले उहाँलाई साथ नदिएर कसलाई दिन्छु त?’ भट्टराईले पार्टीको वरिष्ठ नेता भएको नाताले माधव नेपाललाई पनि साथ दिने बताए।
सांसद भट्टराईले पार्टीभित्रको अन्तरविरोधका कारण पार्टी फुटाउन नहुने बताए। ‘कुनै विषयमा अन्तरविरोध भयो भन्दैमा पार्टी फुटाउने तहमा जानु हुदैन्।,’ उनले भने, ‘त्यसो भयो भने त हरेक महिना पार्टी फुट्छ, हरेक दिन पार्टी फुट्छ।’ पार्टीका दुबै पक्षका नेताहरुविच हाल तिक्ततापुर्ण सम्बन्ध नरहेको दावी गर्दै भट्टराईले थपे, ‘हामी जुन तहको अन्तरविरोधमा तिक्ततापुर्ण सम्बन्ध थियो, आज त्यो सम्बन्ध छैन्। आज मित्रवत सम्बन्धहरुमा बदलिएको छ। त्यसैले पार्टी अध्यक्षले हिजो जे सोच्नुभएको थियो आज त्यो ठाँउमा हुनुहुन्न, माधव नेपालले हिजो जे सोच्नुभएको थियो उहाँ पनि त्यो ठाँउमा हुनुहुन्न, हामी पनि त्याे ठाँउमा छैनाै।’
सांसद भट्टराईले देशभरबाट पार्टी एकताको लागि दबाब आइरहेको पनि बताए। ‘एमाले भनेको केपी ओलीमात्रै पनि होइन, माधव कुमार नेपाल मात्रै पनि होइन। एमाले भनेको केपी ओली र माधव नेपाल दुबै हो। सँगसँगै सात लाख पार्टी सदस्य हो,’ उनले भने, ‘पार्टीका ९० प्रतिशतभन्दा बढी सदस्यहरुले तपाईको जुङ्गाको लडाईले पार्टी विभाजन गर्न पाउनुहुन्न भनिरहेका छन्।’ भट्टराईले ओली पक्ष र माधव पक्ष अलग–अलग बैठक बसिरहेकोप्रति असन्तुष्टि समेत प्रकट गरे।